सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीद्धारा सांसदको आग्रह अस्विकार

। फोटो स्रोत ।
२०७५ फाल्गुन २१, ०४:५९ खबर संवाददाता

संसदीय सुनुवाइ समितिका सांसदले गरेको आग्रहलाई मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले ठाडै अस्वीकार गरेका छन्। नागरिकतादेखि शैक्षिक प्रमाणपत्रसमेतमा विवाद आएपछि सात्तारुढ नेकपाकै सांसदहरुले अन्सारीलाई प्रस्तावित अध्यक्ष पदबाट पछि हट्न सुझाएपनि उनले ठाडै अस्वीकार गरेका छन्। यसबीचमा सांसहरुसँग उनको घम्साघम्सी नै परेको थियो।मंगलबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइमा सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई, सुरेन्द्र पाण्डे र पूर्णकुमारी सुवेदीले कानुनी समस्या आउने भन्दै उनलाई स्वेच्छिकरुपमा पछि हट्न सुझाएका थिए। तर, अन्सारीले अस्वीकार गर्दै आफू कुनै हालतमा ‘ब्याक’ नहुने जवाफ फर्काए। कुनै त्रुटि नगरेको भन्दै अन्सारीले स्वेच्छिकरुपमा पछि नहट्ने बताएका हुन्। नागरिकतामा आफ्नो कारण नभइ अरुका कारण प्रश्न उठेको भन्दै छानबिन गर्न उनले चुनौती नै दिएका छन् । अन्सारीको नागरिकतामा फरक–फरक जन्ममिति हुनुका साथै शैक्षिक प्रमाणपत्र भारतीय भेटिएको थियो । आयोगको अध्यक्षमा सिफारिस हुनु दुई दिनअघि नै आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको तर्क गर्दै उनले पार्टीले निर्णय गर्न ढिलाइ गरेको बताएका छन् ।
 

कमेन्ट लोड गर्नुस