सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जुवातास खेलिरहेका कैलालीका एक युवकसहित १२ जना पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १७, ११:३२ खबर संवाददाता

धनगढी: डोटीमा जुवातास खेलिरहेका १२ जना पक्राउ परेका छन्। जिल्लाको जोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन्।

कैलालीको चुरे गाउँपालिका-६ बस्ने २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस