महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना
२०७९ भदौ १७, ०६:१०
धनगढी: कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको हो।
जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस