सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनको विरोधमा उत्रिए डोटीका कांग्रेसी, भोट नदिने चेतावनी

२०७९ भदौ १२, ०२:३९ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसले संसदीय चुनावमा गठबन्धन गरेरै चुनाव लड्ने घोषणा गरेको छ। तर, गठबन्धनभित्र टिकट वितरण र भागवण्डाको लफडाले भने समस्या पर्ने देखिन्छ। कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका वीरबहादुर बलायर र एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेम बहादुर आलेको गृहजिल्ला डोटीमा यस्तै लफडा देखा परेको छ। 

डोटीमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धन नगर्न चेतावनी नै दिएका छन्। शुक्रबार पार्टीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गरेका हुन्।

कांग्रेसका भातृ, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णयविरुद्ध उभिएका हुन्। डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनीसमेत दिएका छन्।
 

कमेन्ट लोड गर्नुस