धनगढीमा सुरक्षाका उपाय बिना ग्याँस सिलिण्डर विक्री वितरण
ग्याँसका कम्पनीहरुले स्वकृति दिएका आधिकारिक डिलर बाहेकका पसलहरुमा पनि धनगढीमा ग्याँसका सिलिण्डर विक्री वितरण हुदै आएको छ। ग्याँस अति प्रज्वलनसिल पर्दाथ हो। सामान्य पसलहरुमा पनि ग्याँसका सिलिण्डर त्यसै राखिएका हुन्छन् । तर त्यसको जोखिमलाई पनि कसैले पनि ध्यान दिएका छैनन् । नियमकारी निकाय भने तैचुप–मैचुप रहेका छन्। धनगढीमा पसल–पसलमा ग्याँसका सिलिण्डरहरु विक्री बितरण गर्दा पनि नियमनकारी निकाय मौन रहेका हुन्। नेपाल आयल निगम, वाणिज्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुमगन र नियन्त्रण गर्नुपर्ने हो। तर भएको छैन्। धनगढीको बजार क्षेत्रमा मात्र कति ठाँउमा ग्याँस विक्री भइरहेको छ। त्यो तथ्याँक पनि कुनै कसैसंग छैन्। ग्याँस कम्पनीहरुले डिलर र सव–डिलरका साथै किराना पसलहरुमा पनि सिलिण्डर दिने गरेक कारण त्यसले जोखिम बढाएको हो। वाणिज्य कार्यालय धनगढीका निमित्त प्रमुख कमल मगरले प्रत्येक पसल–पसलमा ग्याँस सिलिण्डर बिक्रीका लागि राखिने गरेका बताए। तर धनगढीमा आधिकारीक डिलरहरुको तथ्याँक वाणिज्य कार्यालय संग पनि छैन्।
ग्यासका डिलर बाहेक ठाउँमा पनि ग्याँसका सिलिण्डर विक्री वितरण भइरहेको छ। पसलहरुले अग्नि सुरक्षा यन्त्रको पनि प्रयोग गर्ने गरेका छैनन्। पसलहरुमा ग्याँस विक्री गर्दा आवश्यक पर्ने उपकरण पनि हुदैनन्। तर पनि अनुगमन र नियन्त्रण गर्न नसकिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए। नियमनकारी निकायलाई पनि धनगढीका पसहरुमा नियम विपरित ग्याँसका सिलिण्डर विक्री वितरण भएको जानकारी छ। तर नियमन भएको छैन्। किराना पसलहरुमा बढी ग्याँसका सिलिण्डर विक्री वितरण हुदै आएका छन्। तर किराना व्यवसायी बिच पनि ग्याँसका सिलिण्डरले निमत्याउने खतराका बारेमा छलफल समेत नभएको किराना व्यवसाय संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले बताए। उनले किराना पसलबाट ग्याँसका सिलिण्डर बिक्रि गर्दा उपभोत्तालाई सहज हुने बताए। सुरक्षाका हिसावले खतरा भएपनि आजसम्म कुनै घटना नभएको उनको तर्क छ।
ग्याँसका सिलिण्डरका कारण आगलागी हुने खतरा रहेको हुन्छ । विक्री वितरण गर्दा पनि सुरक्षाका उपायहरु अपनाएको देखिदैन् । ग्याँसका उपभोक्तालाई पनि खतराको बारेमा जानकारी दिनुपर्ने हुन्छ। तर त्यो पनि पूर्ण रुपमा भएको छैन्।