एनएनएसडब्ल्यूए कञ्चनपुरको नयाँ कार्यसमिति चयन
कञ्चनपुरः एनएनएसडब्ल्यूए कञ्चनपुरको नयाँ कार्यसमिति चयन गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को २३ औँ वार्षीक साधारण सभा तथा छैठौँ महाधिवेशन सम्पन्न भएको हो। छैठौँ महाधिवेशनबाट माया देवी सार्कीको अध्यक्षतामा सर्वसम्मतीमा ९ सदस्सीय कार्य समिति चयन भएको छ।
नयाँ कार्य समितिको उपाध्यक्षमा रतन दमाई, महासचिवमा रूपा कौशल परियार, सचिवमा सुरेश पाल्पाली र कोषाध्यक्षमा कबिता भट्ट चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गहेन्द्र नेपाली, रेश्मा राना, बबिता सुनार र आरती उराव चयन भएका छन्। कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष किशोर बिक्रम जैरूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए। भने, विशिष्ठ अतिथि अधिवत्ता उमेश बिस्ट रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गादत्त बोहराले नेपाल राष्ट्रिय समाज कल्याण संघले यस क्षेत्रको सर्वाङ्गिण विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूएले विगत ३२ वर्षदेखि दलित, अपाङ्गता र पछाडी परेका समूदायहरू, आरक्षपीडित, मुक्तकमलरी, महिला, बालबालिका, एचआईभी तथा कोरोना संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताए।
उद्घाटन सत्रमा महासचिव खडक नेपालीले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गरेका थिए। भने, कोषाध्यक्ष कौशल परियारले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा कार्य सम्पादनको कदर स्वरूप अध्यक्ष किशोर बिक्रम जैरू, उपाध्यक्ष सुन्दर नेपाली र महासचिव खडक नेपालीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।