सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनले ३ रोगको उपचारका लागि खर्च दिने

२०७९ भदौ ११, ०५:०२ खबर संवाददाता

अछाम: अछामको मंगलसेन नगरपालिकाले ३ ठुला रोगका बिरामीहरुको लागि उपचार खर्च उपलब्ध गराउने भएको छ। नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीहरुलाई औषधि उपचारबाफतको खर्च उपलब्ध गराउने भएको हो।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यविधि अनुसार मासिक ५ हजारका दरले उपचार खर्च प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिए। नगरपालिकाभित्र रहेका त्यस्ता खालका बिरामीलाई भदौ मसान्तभित्र आ–आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न आव्हान गरिएको अधिकृत सोडारीले बताए। 

कमेन्ट लोड गर्नुस