डोटीमा ट्याक्टर दुर्घटना हँदा एक जनाको मृत्यु, एक घाइते
धनगढी: डोटीमा ट्याक्टर दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बोग्टान फुड्सिल गाउँपालिका ७ फुल्लेढुङ्गास्थित सडकमा सुपप्र०१००२त ४७७६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँ बस्ने रामबहादुर भुलका १७ वर्षीय छोरा जीवन भुलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। साथै दुर्घटनामा घाइते भएका १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।