अछाममा सासु कुट्ने २ बुहारीमाथि मुद्दा दर्ता
अछाम: अछाममा सासु कुट्ने २ बुहारीमाथि मुद्दा दर्ता गरिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीया देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले बताएको हो।
बुधबार पक्राउ गरिएकी न्यौपानेकी दुवै बुहारीविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बताए।
उनकाअनुसार प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेको पाइएको छ।