सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले माग्यो १९ जना कर्मचारी

२०७९ भदौ ९, ०२:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य केन्द्रका लागि करारमा कर्मचारी माग गरेको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका लागि १९ जना कर्मचारी करारमा माग गरेको हो। 

मन्त्रालयले मेडिकल अधिकृत ११, आयुर्वेद चिकित्सक छ, डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट एक, एक गरि १९ जना कर्मचारी करारमा माग गरेको जनाएको छ। मन्त्रालयले महाकाली अस्पतालका लागि चार, टीकापुर अस्पतालका लागि तीन, बाजुरा, बैतडी, डोटी र अछामका लागि एक, एक गरि ११ जना मेडिकल अधिकृत माग गरेको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी, डडेल्धुरा, अछाम, बैतडी, बाजुरा र दार्चुलाका लागि आयुर्वेद चिकित्सक छ जना माग गरिएको छ।

टीकापुर अस्पतालका लागि एक डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको छ। ‘लोक सेवा आयोगद्वारा पदपूर्ति नहुन्जेलसम्म वा नेपाल सरकारद्वारा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभएसम्म सेवा करारमा लिइने’ सूचनामा उल्लेख छ। योग्य व्यक्तिले भदौ १४ गतेसम्म इमेलमार्फत दरखास्त दिन सक्ने सूचनामा भनिएकोछ। २१ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्ने छन्।

कमेन्ट लोड गर्नुस