सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा सासुमाथि कुटपिट गर्ने दुई ‘बुहारी’ पक्राउ

२०७९ भदौ ८, ०६:१४ खबर संवाददाता

धनगढीः अछाममा एक वृद्ध महिलालाई कोठाभित्र थुनेर कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनकै दुई बुहारीहरु पक्राउ परेका हुन्। 

घटनाको अनुसन्धानका लागि कुटपिटमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरेर अहिले जिल्ला ल्याइदैछ। सासुमाथि कुटपिट गर्ने बुहारीहरुको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन। उनीहरुले अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिरिएको थियो।

सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै अभद्र व्यवहार गर्दै लछारपछार गरेको देखिन्छ। स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी महिलाका श्रीमान पनि शारीरीक अपाङ्गता भएका व्यक्ति हुन्।

कमेन्ट लोड गर्नुस