अस्ति डडेल्धुरामा बेपत्ता भएका युवक फेरि डोटीबाट हराए
धनगढीः डोटीका २८ वर्षीय युवक चेतराज भट्ट फेरि बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका-७ उजेलीगाउँका भट्ट शनिबारदेखि बेपत्ता भएका हुन्।
आफन्तका अनुसार शनिबार घरबाट निस्किएका उनी गोपघाट हुँदै दीपायलतिर हिँडेका थिए। घरबाट निस्केदेखि उनी आजसम्म सम्पर्कमा नआएको बताइएको छ। इन्जिनियरको पढाई सकेका उनमा ब्रेन ट्युमरको समस्या रहेको पनि आफन्तको दाबी छ। यस्तै प्रहरी र आफन्तले उनको खोजी गरिरहेको जनाएका छन्। उनलाई देख्ने तथा भेट्नेलाई ९८४८६२२०३३ नम्बरमा सम्पर्क गरिदिन आग्रहगरिएको छ।
यसअघि साउन १९ मा उनी डडेल्धुरास्थित अस्पताल रोडबाट हराएका थिए। तर, पछि उनी डडेल्धुरामै फेला परेका थिए। त्यसपछि उनलाई डोटी लगिएको थियो।