डोटीबाट लागुऔषधसहित कैलालीका युवक समातिए
डोटी: डोटीबाट लागुऔषधसहित कैलालीका एक युवक त्रफाउ परेका छन्। खैरो हेरोइन ओसारपसार गरेको आरोपमा डोटी प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–८ का २९ वर्षीय रमेश जोशीलाई पक्राउ गरेको हो।
अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेका उनको साथबाट ६ ग्राम २५० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ। जोशी ना५ख ४१६ नम्बरको गाडीमा अछाम जाँदै थिए। उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले बताए।