सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरका सफाइ कर्मचारीलाई सम्मान

२०७९ भदौ ३, ०६:२२ खबर संवाददाता

धनगढीः धनगढीमा १८३ औँ विश्व फोटो ग्राफी दिवसको अवसरमा सफाइ कर्मचारीलाई सम्मान गरिएको छ।

नेपाल फोटोग्राफर्स एशोसिएसन धनगढीको आयोजनामा धनगढी उपमहानगरपालिकाका ४२ जना सफाइ कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना रहेकी थिइन्। सफाइ कर्मचारीलाई हौसला प्रदान गर्न सम्मान गरिएको एशोसिएसनले जनाएको छ।

कमेन्ट लोड गर्नुस