सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रमा वृक्षारोपण

२०७९ भदौ ३, ०४:३० खबर संवाददाता

धनगढीः नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले विभिन्न ठाउँमा वृक्षारोपण गरेको छ। 

वातावरणलाई स्वच्छ, सफा राख्न वृक्षारोपण कार्यक्रम गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए। प्रदेश प्रहरी तालिम केन्द्र दिपायल र प्रहरी प्रशिक्षणस्थल बुडरमा २ सय ४१ वटा विभिन्न जातका बिरुवाहरु रोपण गरिएको उनले बताए। 


 

कमेन्ट लोड गर्नुस