‘फेसबुके काभ्या भट्ट’, जो भर्चुअल यौन आनन्द दिने भन्दै गर्दैछिन् सुदूरपश्चिममा ठगी
२ सय पुरुष ठगिन्
धनगढीः धनगढीका रमेश (नाम परिवर्तित) को फेसबुकमा साउन १५ गते काभ्या भट्ट नाम भएको युजरबाट साथी बन्न प्रस्ताव आयो। प्रोफाइलमा सुन्दर युवतीको फोटो थियो। रमेशले रिक्वेस्ट स्वीकार गरे। त्यसपछि ती युवतीले तुरुन्तै सन्देश पठाइन्। उनले म्यासेन्जरमाच हाइ भन्ने म्यासेज गरिन्। यताबाट युवक (रमेश) ले हेलो भनेर म्यासेजको जवाफ फर्काए।
कुरा अलिक बढ्दै गएपछि काभ्याले युवकसँग अनौठो प्रस्ताव राखिन्। युवतीको प्रस्ताव थियो ‘भर्चुअल यौन आनन्द’ दिने। युवतीले भनिन्, ‘भिडियो कल गरेर यौन आनन्द दिन्छु। आफ्ना यौन अंग देखाएर यौन उत्कर्षमा पुर्याउँछु। त्यसका लागि इसेवामा ५०० रुपैयाँ पठाउनुस्।’ त्यसपछि ती युवकले युवतीको प्रस्ताव स्वीकार गरे।
युवतीले ९८१४६७९७४७ नम्बर भएको इसेवा आइडीमा पैसा जम्मा गर्न भनिन्। यौन सन्तुष्टि पूरा गर्ने आशामा युवकले तत्काल इसेवामा पैसा पठाए। पैसा पठाएपछि युवकले युवतीलाई भिडियो कल गरे। तर, युवतीले कल रिसिभ गरिनन्। उल्टै युवकलाई फेसबुकबाटै कालोसूचीमा परे। युवक भन्छन्, ‘मलाई ब्लक लिस्टमा राखेपछि ठगिएको थाहा पाए।’
यस्तै २६ साउनमा बैतडीका राम (नाम परिवर्तित) को फेसबुकमा पनि तिनै काभ्या भट्टको फ्रेन्ड्स रिक्वेट्स आउँछ। उनले फ्रेन्ड रिक्वेट स्वीकार गरे। युवती र रामबीच बातचित सुरु भयो। कुराकानी अगाडि बढ्दै गएपछि युवतीले भर्चुअल यौन सम्बन्ध प्रस्ताव राख्छिन्। तर, युवकलाई काभ्या भट्ट नाम भएको फेसबुक युजर युवती होकि होइन भन्ने कुरामा शंका लागेपछि म्यासेन्जरमा भ्वाइसकल गरे। उताबाट कल रिसिभ भएपछि युवतीले ‘म केटी नै होके पागल’ भनेर फोन काटेको ती युवक बताउछन्।
युवतीले सोही ठगी उपाय अपनाइन्। उनले यौन सन्तुष्टि दिने प्रस्ताव राखेर काजल भट्टको नाममा रहेको ९८१४६७९७४७ इसेवा आइडीमा ५०० पठाउन भनिन्। तर, युवकले पैसा पठाएछि युवतीले ब्लक गरिन्। यसबारेमा इसेवाका प्रतिनिधिसँग बुझ्दा काजल भट्टको नाममा दर्ता भएको उक्त इसेवाबाट एक सयदेखि ५ सय सम्मका कारोबार भएका छन्। २ सयभन्दा बढी पटक ट्रान्जेक्सन भएको अर्थात् २ सयभन्दा बढी व्यक्तिबाट पैसा असुल गरेको देखिएको छ।