सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा माइत हिँडेकी महिला दिउँसै यसरी लुटिइन्

२०७९ भदौ २, १२:५८ खबर संवाददाता

धनगढीः डोटीमा माइत जाँदै गरेकी एक महिला दिउँसै लुटिएकी छन्। बुधबार सायल गाउँपालिका वडा नम्बर ६  कालागाउँ घर भएकी २७ वर्षीया पार्वती कटुवाल लुटिएकी हुन्। आदर्श गाउँपालिका ६ थालस्थित माइती घर जानेक्रममा अपरिचित व्यक्तिले उनका गरगहना लुटेर भागेको कटुवालले आरोप लगाएकी छिन्।

बिहान सवा १२ बजे आदर्श ३ अलचौड जंगलमा उनी लुटिएको भए पनि प्रहरीलाई साढे २ बजेमात्र खबर आएको जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए। धमलाका अनुसार लुटेराले ज्यान मार्ने धम्की दिँदै उनले लगाएको साढे ३ तोला बराबरका सुनका गरगहना लुटेका हुन्।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। दिउँसै महिला लुटिएपछि स्थानीय त्रसित भएका छन्।

कमेन्ट लोड गर्नुस