सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्ल्याक बेल्ट ग्रेडिङ 

२०७९ भदौ २, ०८:४१ खबर संवाददाता

धनगढी: धनगढी रङ्गशालामा साउन २७ देखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम बुधबार सम्पन्न भएको छ। 

नेपाल सितोरियो कराँते सङ्घको वार्षिक कार्यक्रम अनुसार सञ्चालित सो ग्रेडिङ कार्यक्रममा १२० जनाले ब्ल्याक बेल्ट प्रथम डानको उपाधि, ३२ जनाले द्वितीय डानको उपाधि र १२ जनाले तृतीय डानको उपाधि प्राप्त गर्न सफल भएका छन्।
नेपाल सितोरियो कराँते सङ्घका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले प्रशिक्षार्थीहरूलाई कराँतेका सम्पूर्ण बिधाहरुको प्रशिक्षण दिएका थिए।  

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले कराँते परिवार नेपाली खेल क्षेत्रकै सबै भन्दा ठुलो परिवार भएकोमा आफूलाई सदैव गर्व महसुस हुने बताए। 
 

कमेन्ट लोड गर्नुस