सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीका पूर्वमन्त्री  एमालेमा प्रवेश

२०७९ साउन ३१, ०७:५२ खबर संवाददाता

 

रुपन्देही:  लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्।

पूर्व मन्त्री यादव जनता समाजवादी पार्टीमा थिए। बाँके डुडुवा गाउँपालिका निवासी पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी श्रीमतीलाई प्रमुखमा उम्मेदवार बनाएको थियो।

खजुरामा आयोजित प्रशिक्षणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवं पार्टी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत आएका छन्।

 

कमेन्ट लोड गर्नुस