सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले थपे १० केन्द्रीय सदस्य

२०७९ साउन ३१, ०४:११ खबर संवाददाता

काठमाडौं:  नेपाली कांग्रेसमा १० महिला केन्द्रीय सदस्य थप गरिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार १० केन्द्रीय सदस्य मनोनय गरेका हुन्।

थपिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन्।

निर्वाचन आयोगमा आसन्न प्रदेशसभा र प्रतिनधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउन ३३ प्रतिशत महिला आवश्यक पर्ने भएपछि उनले महिला नेत्रीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस