सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जना विद्यार्थी, तीन शिक्षक !

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ साउन ३१, ०१:३४ खबर संवाददाता

धनगढी: दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थी मात्रै भेटिएका छन्। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुस्थित केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका हुन्।

जहाँ, शिक्षक तीन जना रहेको पाइएको छ। विद्यालयमा स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना शिक्षक अध्यापनरत रहेको पाइएको हो। उक्त नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरले अनुगमन गर्दा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र भेटिएका बताइएको छ। यद्यपी नगरपालिकाको शिक्षा शाखाले भने विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएका बताएको छ। 
 

कमेन्ट लोड गर्नुस