सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७९ साउन ३०, १२:१२ खबर संवाददाता

धनगढी: डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिका-६ का शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता दल गाउँस्थित ठुली खोलामा बगेर बेपत्ता भएकी थिइन्।

उनको शव अहिले भर्खरै फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। स्थानीय र प्रहरीले आइतबार बेपत्ता भएकी बालिकाकाको खोजी गरिरहेको थियो। दिदीसँग गोरु गोठाला गएकी सीता खोला तर्ने क्रममा बगेकी बताइएको छ। 

कमेन्ट लोड गर्नुस