सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याप्टेनमा सुदूरपश्चिमकी चेली उपासनाको डेब्यु कस्तो होला ?

२०७५ फाल्गुन १७, ०८:४८ नवराज पनेरु

अनमोल केसीले अहिले सबैभन्दा चर्चित र डिमाण्डेड अभिनेताको सुचिमा आफ्नो नाम दर्ज गरिसकेका छन्। त्यसैले अनमोलसँग काम गर्दा भाग्य चम्कन्छ भन्ने धेरै नायिकाहरुलाई पनि लाग्ने गर्दछ। तर अनमोलको हरेक चलचित्रमा नयाँ नायिकाको खोजी हुने गरेको छ। बहुप्रतिक्षित चलचित्र क्याप्टेनमा पनि नयाँ नायिकाको खोजी भयो, यस पटक भने अनमोलकी नायिक बन्ने मौका पाईन सुदूरपश्चिमकी चेली उपासना सिंह ठकुरीले, 

उनको जन्म सुदूरपश्चिमको पनि दुर्गम जिल्ला दार्चुलामा भयो, अहिले उनको परिवार तराईको जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सरेको छ। बुवा नेपाली सेनामा जागिरे भएकाले उनी र उनका बुवा, आमा भने अहिले काठमाडौँ बस्दै आएका छन्। उपासनाको अध्ययनको सुरुवात पनि काठमाडौँमै भएको थियो भने अहिले पनि जारी छ। वुढानिलकण्ठमा बस्दै आएकी उपासना अहिले स्नातक तह प्रथम बर्षमा अध्ययनरत छिन्।

इन्स्ट्राग्राममा दार्चुलाका फोटोहरु राख्दै उपासनाले भनेकि छिन्, जन्मभुमि जस्तो कुनैपनि ठाउँ हुदैन, सुन्दर सुदूरपश्चिम। उनको यो कुराले पनि जन्मभुमिप्रति उनको मायालाई दर्शाउछ। तर सुदूरपश्चिमकी चेलीको अभियन सुदूरपश्चिमेलीहरु र समग्र देशवासीले कत्तिको मन पराउनेछन्। 

आजबाट देशव्यापी रुपमा बहुप्रतिक्षित चलचित्र क्याप्टेन रिलिज हुदैँछ। जसमा अनमोल एक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् भने चलचित्रकी मुख्य नायिकामा उपासनालाई दर्शकले देख्न पाउनेछन्। क्याप्टेनमा मुख्य नायिकाको भुमिका पाउन अघि न उपासनासंग हातमा कुनै चलचित्र थियो न त कुनै म्युजिक भिडियो नै। यद्यपी उनलाई विभिन्न म्युजिक भिडियोका लागि यसअघि पनि प्रस्ताव आईरहेको थियो उपासनाले भने गर्न चाहिनन्। तर उपासनाले सिधै सबैभन्दा चर्चित नायक अनमोलसंग स्कृन सेयर गर्ने मौका पाईन्। ड्रिम्स, कृ लगायतका सफल चलचित्र बनाईसकेको ब्यानरसंग जोडिने मौका पाईन्। 

उपासनाको तस्बिर इन्स्ट्राग्राममा देखेपछि उनलाई क्याप्टेन चलचित्रको निर्माण पक्षले रोजेको हो। चलचित्रमा अनमोलसँग काम गर्न पाउँदा उपासना उत्साहित छिन्। अनमोलसँग काम गरेपछि भाग्य चम्कने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने दिनेश खवरको प्रश्नमा उनले भनिन्, अनमोलसँग काम गर्दैमा भाग्य चम्कने नभई त्यस्मा आफ्नो पनि उत्तिकै भुमिका रहने बताइन्। उनले अनमोलसंग स्कृन सेयर गर्न पाउनुमा आफु भाग्यमानी भएपनि अव दर्शकले मेरो अभिनयलाई कत्तिको मन पराउँछन् भन्ने महत्वपर्ण कुरा भएको बताईन्। 

यद्यपी उपासनाले आफूले चलचित्र क्याप्टेनले मागे अनुसार आफ्नो शत प्रतिशत दिएकाले दर्शकले चलचित्र मन पराउने कुरामा ढुक्क रहेको बताइन्। आजदेखि देशव्यापी रुपमै चलचित्र रिलिज भईरहेकाले निकै उत्साहित भएको बताईन्। 

हुन त क्याप्टेनमा अभिनय गरिसकेपछि चलचित्र रिलिज नहुँदै उपासनालाई धेरै चलचित्रका स्कृप्ट आईसकेका छन्। उनले स्कृप्ट हेरिरहेकी पनि छिन्। तर उपासनाले भने पहिले क्याप्टेन चलचित्रबाट आउने प्रतिक्रीया हेर्ने र त्यसपछि मात्रै नयाँ चलचित्रको विषयमा योजना बनाउने बताईन्। उनले स्नातक प्रथम बर्षमा अध्ययन गरिरहेकाले पढाईलाई पनि संगै लैजाने बताईन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस