सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शिवनगरमा कृष्ण जन्माष्टमीमा मेला लाग्ने 

२०७९ साउन २९, ११:२६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरमा कृष्ण जन्माष्टमीमा मेला लाग्ने भएको छ। विगत ४ दशकदेखि महाशिवरात्रीका दिन मेला लाग्दै आएको शिवनगरमा यो पटक कृष्ण जन्माष्टमीमा मेला लाग्ने भएको हो।

शिवनगरमा जिल्लाकै ठुलो कृष्ण मन्दिर निर्माण भइरहेको र मन्दिर निर्माणको काम लगभग पूरा भइसकेको सिद्धेश्वर जयपृथ्वी क्लवका अध्यक्ष पदम शाहले बताए। भाद्र ३ गते परेको कृष्ण जन्माष्टमीमा भव्य पूजाआजासँगै मेला लाग्ने बताइएको छ।

मेलाका दिन नगरपालिकाले सिद्धेश्वर मन्दिर समितिलाई पञ्चेबाजा वितरण गर्ने बताइएको छ। मेलाका लागि प्रचारप्रसार, आर्थिक, बजार व्यवस्थापन, पूजापाठलगायत समिति गठन गरिएको जनाइएको छ। क्लबको शुक्रबार बसेको बैठकले मेला लगाउने निर्णय गरेको हो। 

कमेन्ट लोड गर्नुस