सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइयो 

२०७९ साउन २७, ०७:५३ खबर संवाददाता

धनगढीः धनगढीमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा बृक्षारोपण तथा रक्तदान लगायतका कार्यक्रम गरिएको हो। 

शिवपुरी धाम परिसरमा युवा परिषदका पदाधिकारी तथा सदस्य, युवा, गोजुरियो कराँते दो संघका प्रशिक्षार्थी, पदाधिकारी, नेपाली सेना लगायतको सहभागितामा वृक्षारोपण गरिएको छ। यस्तै युवा परिषद्को आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको छ। रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेको युवा परिषद्ले जनाएको छ। 

यस्तै धनगढीमा रहेको मानवसेवा आश्रममा युवा परिषद्ले खाद्यान्न वितरण समेत गरेको छ।

कमेन्ट लोड गर्नुस