सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडा सदस्यको घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला 

२०७९ साउन २७, ०७:२९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ। बिहिबार राती १२ बजे जिल्ला जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प४८५ नम्बरको मोटरसाइकल अज्ञात समुहले चोरी गरेको थियो। 

मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। चोरीमा संलग्नको पहिचान तथा खोजी कार्य जारी रहेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस