सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

२०७९ साउन २७, १२:५६ खबर संवाददाता

डोटीः डोटीको सायल गाउँपालिकामा मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। सम विकास केन्द्र डोटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको शैक्षिक सामग्री सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक समारोहबीच मुक्त हलिया बालबालिकाका अभिभावकलाई हस्तान्तरण गरेका हुन्।

वितरण गरिएका शैक्षिक सामग्रीबाट मुक्त हलिया परिवारका बालबालिकाको पढाईमा सहज हुने गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए। विद्यालय छोडने विद्यार्थीमा मुक्त हलिया समुदायका बालबालिकाको संख्या ठूलो भएका कारण पनि पढाईको निरन्तरताका लागि मुक्त हलियाका बालबालिकालाई सहयोग प्रदान गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बीसीले बताए।

कमेन्ट लोड गर्नुस