सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक करोडको भेडा

२०७९ साउन २६, ०८:२४ खबर संवाददाता

तपाइले एक करोडको भेडा कहिले देख्नु या सुन्नु भएको छ? ‘किङ अफ सिप’ समेत भनिने सेनेगलको द लाडौम सिप भेडा अफ्रिकी देशको प्रतिष्ठा बनेको छ। यसको मूल्य ८५ हजार अमेरिकी डलर ८५ हजार अर्थात नेपाली १ करोडसम्म पुग्न जान्छ। 

लाडौम भेडाको विशेषता पनि निकै फरक छ। यी निकै ठूला नस्ल हुन्। यसको उचाई १.२ मिटर हुन्छ र यिनीहरु १७५ केजीसम्मका हुन्छन्। ऊन पनि निकै नरम हुन्छन्, घुम्रिएको सिङ हुन्छन् र यसको मासु असाध्यै मिठो हुने पनि बताइन्छ। सेनेगलका धेरैजसो जनताले यो भेडालाई निकै सुन्दर ठान्छन् त्यसैले त टिभीमा यिनीहरुको सुन्दरी प्रतियोगितासमेत आयोजना गर्ने गरिन्छ।

यसवर्ष लाडौम भेडाको मूल्य ८५,००० डलरभन्दा पनि बढेको छ। यसको सबैभन्दा सस्तो प्रजाति ३ हजार डलरमा पाइन्छ। त्यसैले यो नस्ल धेरैजसो सेनेगल बासिन्दाका लागि असाध्यै महँगो हुन्छ। -एजेन्सी 

कमेन्ट लोड गर्नुस