सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको सम्झनामा सिनाल अभिनित ‘झल्को तिम्रै’ (भिडिओसहित)

२०७९ साउन २६, ०६:५९ खबर संवाददाता

धनगढीः धिरेन्द्र सिनालले अभिनय गरेको  ‘झल्को तिम्रै’ नामक गीत सार्वजनिक भएको छ। सिनालले आफ्नी स्वर्गीय पत्नी सोनु सिनालको सम्झनामा उनकै जन्मदिनमा उक्त गीत ल्याएका हुन्। 

गत वर्ष कार्तिकमा मिर्गौला पीडित उनकी श्रीमतीको निधन भएको थियो। त्यो समयमा मिर्गौलादाता नभेटिएपछि उनको ज्यानै गएको हो। सिनालले सो गीत र भिडिओको कथावस्तु बियोगान्त प्रेममा आधारित रहेको बताएका छन्। 

उक्त भिडिओमा स्वास्थ्य सम्बन्धी सन्देश र इक्लामसिया बिमारीले पुगाउने असरलाइ देखाइएको छ। यसको साथै मिर्गौलाका बिरामीहरुले भोग्नु परेका समस्या र अँगदानमा महिलाहरुलाइ प्राथमिकता नहुने सामाजिक अभ्यासलाइ पनि प्रहार गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस