सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा करेन्ट लागेर विद्युत कर्मचारी घाइते

२०७९ साउन २६, ०४:४६ खबर संवाददाता

बाजुरा:  बाजुरामा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा कर्मचारी घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ का अन्दाजी ३३ वर्षीय भक्त रावल घाइते भएका हुन्।

बुढीगंगा नगरपालिका–२ बल्देमा विद्युतको जम्पर झार्ने बेलामा उनी करेन्ट लागेर घाइते भएको विद्युत प्राधिकरण केन्द्र वितरण शाखाका निमित्त कार्यालय प्रमुुख केशवदत्त भट्टले बताएका छन्।  उनका अनुसार घाइते रावललाई अछामको बयालपाटामा उपचारका लागि लगिएको छ।
 

कमेन्ट लोड गर्नुस