कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात
एजेन्सी: भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। उनलाई बुधबार हृदयाघात भएर अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जिममा भएका बेला उनलाई हृदयाघात भएको इन्डिया डटकमले जनाएको छ। ५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी इन्डियाज लाफ्टर च्यालेन्ज र बिग बोस सिजन ३ जस्ता कार्यक्रममा देखिएका छन्।