छोरीसँग माया गरेको भन्दै शिक्षकले आफ्नै विद्यार्थीलाई घर बोलाएर कुटे
दाङ: दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय विद्यार्थी मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन्। घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ।
मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेलाको कक्षा १२ मा अध्ययनरत छन्। सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै केटालाई बन्धक बनाएर कुटपिट गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले बताए।
उजुरीपछि विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।