सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा डेढ हजार बढी मतदाता थपिए

२०७९ साउन २५, १२:२२ खबर संवाददाता

धनगढीः दार्चुलामा स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ६६४ जना मतदाता थपिएका छन्। जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो। 

गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा डेढ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरि ८८ हजार २८५ जना मतदाता रहेका थिए । अहिले थपिएर ८९ हजार ९४९ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत प्रदिपसिंह धामीले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालयमा ६ सय २५ जना नयाँ मतदाता थपिएका छन्। बाहिर जिल्लाका एक सय ६ जनाले नाम दर्ता गराएको उनले बताए। सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसंँगै मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस