कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या एक हजार नाघेको छ भने २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन्।