सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ साउन २४, ०४:५४ खबर संवाददाता

धनगढीः आज मात्रै सुदूरपश्चिम प्रदेशमा थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा १ हजार ४३ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा  जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सेती प्रादेशिक अस्पतालमा ५९ जनाको नमुना परीक्षण गर्दा १७ जना र अछामको कमल बजार अस्पतालमा ५ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएकोे निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा आज ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने डडेल्धुरा अस्पतालमा १ जनाको उपचार भइरहेको छ। प्रदेशभर कारोनाका कारण हालसम्म ६३४ जनाको ज्यान गएको छ। 
 

कमेन्ट लोड गर्नुस