सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

२०७९ साउन २४, ०३:४८ खबर संवाददाता

कञ्चनपुर:  स्यालको टोकाइबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्। मंगलबार बिहान स्यालले टोक्दा वडा नम्बर ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नम्बर ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।

दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिएको छ। स्यालले घर आँगनमै आएर टोक्न थालेपछि त्यहाँका स्थानीय त्रसित भएका छन्।

कमेन्ट लोड गर्नुस