बैतडीको सिगासका अध्यक्षले एक वर्षमा अतिथि सत्कारमै २ लाख खर्चे
धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले एक वर्षमा अतिथि सत्कारमै २ लाख रकम खर्च गरेका छन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार अध्यक्ष धामीले अतिथि सत्कारमा उक्त रकम सकाएका हुन्।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन सार्वजनिक गरेको हो। यस्तै तत्कालीन उपाध्यक्ष द्रोपति चन्दले अतिथि सत्कारमा १ लाख ८० हजार खर्च गरेकी छन्।