कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
धनगढी: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ बाट सामान बरामद गरिएको हो।
चिनी, बिडी, युरीया मल गरि अन्दाजी १ लाख ५० हजार ५०० बराबरको सामान र भारतबाट भन्सार छली ल्याइएका विभिन्न सामान १ लाख १५ हजार ३० गरी जम्मा २ लाख ६५ हजार ५३० मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले बताएको छ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।