सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि

२०७९ साउन २२, ०५:२४ खबर संवाददाता

धनगढीः भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्। आज आइतबार मात्रै प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ७११ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुरा अस्पतालमा २ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।  

कमेन्ट लोड गर्नुस