सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ साउन २२, ०३:४४ खबर संवाददाता

काठमाडौ: आइतबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ८ सय र चाँदीको मूल्य १२ सय ५ रुपैयाँ प्रतितोला तोकिएको छ।

कमेन्ट लोड गर्नुस