सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका सहायक जिल्ला न्यायाधिवक्ता मदिराले मातिएको भिडिओ भाइरल

२०७९ साउन २०, ०९:३५ खबर संवाददाता

धनगढीः जिल्ला सरकारी वकीलको कार्यालय, अछामका सहायक जिल्ला न्यायाधिवक्ता मदिरा सेवन गरेर मातिएको भिडिओ भाइरल बनेको छ। सहायक न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गाना कार्यालय नजिकै मदिरा सेवन गरेर मातिएको भिडिओ भाइरल बनेको हो। 

उक्त भिडिओ गत महिनाको भएपनि अहिले सार्वजनिक गरिएको बताइएको छ। अछामको जिल्ला सदरमुकाम मंगलशेनस्थित सरकारी वकीलको कार्यालय नजिकै उनी मदिराले मातिएको अवस्थामा भिडिओ खिचिएको त्यहाँका स्थानीयले बताएका छन्। राति मदिराले मातिएर बजारमा होहल्ला गरेपछि स्थानीयले थाहा पाएका थिए। 

यसअघि यिनै सहायक ढुङ्गानालाई अछामको पञ्चदेवल विनायकका किशोर विनोद शाहीको मृत्यु प्रकरणमा मुद्दा अदालतसम्म नपुर्‍याउन पीडित पक्षलाई दबाब दिएको आरोप लागेको थियो। मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिंदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने भन्दै दबाब दिएको पीडित पक्षले बताएका थिए। त्यसपछि मृतक विनोद शाहीका परिवारले किटानी जाहेरी दिएका मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकीलको कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको थियो।

सहायक जिल्ला न्यायाधिवक्ता ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए। त्यसपछि ढुङ्गानाले मेयर चलाउनेसहितका तीन जनालाई बचाउन खोजेको आरोपसमेत लागेको थियो।

 

 

 


 
 

कमेन्ट लोड गर्नुस