सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित

२०७९ साउन १८, ०५:१३ खबर संवाददाता

काठमाडौँः नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन्। २४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन्। बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस