सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्वस्थ सुदूरपश्चिम प्रदेश प्रमुखलाई एयर एम्बुलेन्स मार्फत दिल्ली लैजाने तयारी

२०७५ फाल्गुन १५, ०७:२३ नवराज पनेरु

टिचिङ अस्पतालमा उपचाररत सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य अवस्था स्थिर छ। फागुन ५ गते अस्वस्थ भएपछि अस्पताल भर्ना भएका प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको चिकित्सकहरुले बताएका छन्।

स्वास्थ्य अवस्थामा अझै सुधार गराउनका लागि आज एयर एम्बुलेन्स मार्फत दिल्ली लैजाने तयारी भएको प्रदेश प्रमुखका प्रेश संयोजक गजेन्द्र ओझाले जानकारी दिए। उनले केहि बेरमा एयर एम्बुलेन्स मार्फत भारतको दिल्ली लैजाने तयारी भईरहेको बताए। उनले दिल्लीको मेदान्त अस्पतालमा प्रदेश प्रमुखको थप उपचार हुने जानकारी दिए। 

प्रदेश प्रमुखलाई थप उपचारका लागि दिल्ली लैजान संघीय मन्त्रीपरिषद्को बैठकले पनि निर्णय गरेको बुझिएको छ यद्यपी उक्त निर्णय सार्वजनिक भने गरिएको छैन्। ५ गते स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा धनगढीको निसर्ग अस्पताल भर्ना भएका मल्ललाई राती नै नेपाली सेनाको नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौँ पु¥याईएको थियो।

त्यसपछि मल्लको मनमोहन मेमोरियल अस्पतालमा उपचार भएकोमा केहि दिन यता टिचिङ अस्पतालमा उपचार भईरहेको छ। ७१ वर्षीय प्रदेश प्रमुख मल्ल कम्पन ज्वरोका कारण शारिरीक रुपमा कमजोर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस