सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घरबेटीलाई लुटेर फरार भएका २ जना फेला परे

२०७९ साउन १६, १०:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा कोठा भाडामा लिने बहाना बनाई लुटपाट गर्ने २ जनालाई प्रहरीले फेला पारेको छ। उनीहरुले गत वर्ष माघ २१ गते भीमदत्त नगरपालिका-३ बस्ने सन्तोष पाण्डेको घरमा कोठा भाडा लिएका थिए। त्यसपछि ती २ जना भारतीय नागरिकले जन्मदिन हो भनि केकमा विषादी मिलाएर घरबेटीलाई बेहोस बनाएर चोरी गरेका थिए।

घरमा रहेका नगद तथा जिन्सी मालसमान लुटपाट गरी फरार रहेका सन्नी भन्ने सेरा जाट र साहिल शर्मालाई प्रहरीले १ वर्ष फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवै डाँका चोरी मुद्धामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको र दुवैलाई जिल्ला अदालत कैलालीको आदेशमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लगिएको छ।

 

कमेन्ट लोड गर्नुस