सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका १५ वर्षीय किशोर बेपत्ता

२०७९ साउन १३, ०९:३५ खबर संवाददाता

कञ्चनपुरः गत शनिबारदेखि कञ्चनपुरका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीका १५ वर्षीय राजेशसिहँ ठकुरी करिव एक सातादेखि बेपत्ता भएका हुन्।

परिवारका कुनै पनि सदस्यलाई जानकारी नै नदिई गत शनिबार उनी घरबाट बेपत्ता भएको उनका बुवा पदमबहादुर सिहँले बताए। किशोरको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिइसकेको उनले बताए। प्रहरीले भने टोली खटिएको र खोजी कार्य जारी रहेको बताएको छ। 

बेपत्ता भएका किशोर अमरबस्तीमै रहेको कञ्चन बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस