सुदूरपश्चिममा बढ्दै कोरोना ग्राफ, आज १८ जनामा संक्रमण पुष्टि
धनगढीः पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन्। भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको नेपालमा पनि धमाधम संक्रमित फेला पर्न थालेका हुन्।
सुदूरपश्चिममा आज (बिहीवार) मात्रै थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ। सेतीमा २३ जनाको नमूना परीक्षण गरिएको थियो।
हाल सेती प्रादेशिक अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये एकजनाको आइसियूमा उपचार भइरहेको छ।