सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका मेयर धामीमाथि बलात्कार आरोप, महिला भन्छिन्,‘नाङ्गै घर पठाएको हो’ (भिडिओसहित)

२०७९ साउन १२, १२:१२ खबर संवाददाता

धनगढी: दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छिन्। ती ५५ वर्षीया महिलाले २०६१ सालमा मेयर धामीले  आफूलाई बलात्कार गरेको बताएकी छिन्। 

माओवादी जनयुद्धको बेला आफू गाउँकै जंगलमा सल्लाको पिरोल लिन गएका बेला मेयर धामीले बलात्कार गरेको उनले आरोप लगाएकी छिन्। ‘म र भतिजो (पुन्टे) गाउँकै माजाबाटा जंगलमा सल्लाको पिरोल बटुल्न गएका बेला मेयर धामी र दुईजना अरु बसिरहेका थिए। म पिरोल बटुल्दै गर्दा मेयर धामीले मैले लगाएको लुगाकपडा फुकाली नजिकैको भिरमा फाल्ने कोसिस गर्नुका साथै ममाथि बलात्कार गरी नाङ्गै घरप ठाएको हो’ उनले भनिन्। 

उक्त घटनाबारे कसैलाई भने मार्ने धम्की दिएर मेयर धामीले बन्दुक ताकेको उनले बताइन्। आफन्त कोही जान्ने सुन्ने नभएका र श्रीमानपनि अपाङ्ग भएकाले घटना बाहिर नआएको उनले भनाई छ। घटनाबारे ग्वानीका सबै स्थानीयहरुलाई समेत जानकारी भएको महिलाले बताएकी छिन्।  अब उनले मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छिन्। 

शैल्यशिखरका पूर्व मेयर अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी) ले समेत ती महिलामाथि बलात्कार भएको जानकारी आफूले पाएको बताएकी छिन्।  तर, मेयर विजयसिंह धामी भने उक्त कुराबारे इन्कार गर्छन्। उनले आफूमाथि झुठो आरोप लगाएर चरित्रहत्या गरेको बताएका छन्। अब पूर्व मेयरकी छोरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारीमा रहेको उनले बताए। 

 


 

कमेन्ट लोड गर्नुस