साँफे–मार्तडी सडक खण्ड अवरुद्ध
२०७९ साउन ९, ०५:५६
धनगढी: साँफे–मार्तडी सडक खण्ड फेरि अवरुद्ध भएको छ। सडक खण्डको अम्कोटमा सडक अबरोध भएको प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले बताएका हुन्।
सडकको माटो कमजोर भएका कारण हरेक वर्षातमा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने गरेको उनले बताए। अहिले आवतजावतमा समस्या भएको र सडक खुलाउन समय लाग्ने अधिकारीले बताएका छन्।
कमेन्ट लोड गर्नुस