७ जिल्लाका एसपी फेरिए, डोटीमा घिमिरे
काठमाडौं: नेपाल प्रहरीले ११ जना एसपीको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन्।
जसअनुसार ७ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरेलाई सरुवा गरिएको छ। कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ। रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ।