सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु

फाइल फोटो
फाइल फोटो
२०७९ साउन ७, ०६:३१ खबर संवाददाता

अछामः अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो। आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार बरुजु घटेको छ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको बेरुजु ४५ करोड ५० लाख बेरुजु रहेको थियो। अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बेरुजु घटेको छभने केही स्थानीय तहको बेरुजु बढेको छ। जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी बेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहको छ। रामारोशन गाउँपालिकाको वेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ। रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख बरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ। जिल्लामा सबैभन्दा कम वेरुजु भएको वान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार बेरुजु वढेको छ।

यस्तै साँफेबगर नगरपालिकाको बेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ। अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको वेरुजु २५ लाख ६२ हजारले बढेको छ। पन्चदेवल नगरपालिकाको बेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ। पन्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार वेरुजु घटाएको छ। अघिल्लो आर्थिक वर्षमा पन्चदेवल नगरपालिकाको बेरुजु १७ करोड रहेको थियो।

ढकारी गाउँपालिकाको वेरुजु ०७७/०७८ मा ४ करोड ५२ लाख ९८ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको वेरुजु ३३ लाख ५७ हजारले वढेको छ। तुर्माखाँदको गाउँपालिकाको वेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले वेरुजु १ करोड २३ लाख ३६ हजारले वढेको छ। मंगलसैन नगरपालिकाको वेरुजु भने अघिल्लो आर्थिक वर्ष भन्दा घटेको छ। मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड २६ लाख ४७ हजार बेरुजु रहेको छ। अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ। चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत बेरुजु घटाएको छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको वेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख वेरुजु घटाएको छ। मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बेरुजु बढाएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको वेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ। अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार वेरुजु बढेको छ। कमलवजार नगरपालिकाको वेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलवजारले ३५ लाख ८ हजार वेरुजु घटाएको छ। अछामका १० पालिकामध्ये पन्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलवारले वेरुजु घटाएका छन भने अन्य पालिकाको बेरुजु वढेको छ।

कमेन्ट लोड गर्नुस